सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका दुई स्थानबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८३ वैशाख २९, ०२:१४ खबर संवाददाता

कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

भजनी नगरपालिका–८, बदला चोकबाट प्रहरीले १ ग्राम ६०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ निवासी २५ वर्षीय बिष्णु कठायत र टिकापुर नगरपालिका–१० निवासी १९ वर्षीय धर्मेन्द्र शाह रहेका छन्।

प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।

त्यसैगरी, गौरीगंगा नगरपालिका–८, चमारीपुरबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित १७ वर्षीय एक किशोर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ती किशोरको शरीर तथा घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस