सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य आज पनि बढ्यो

२०८३ वैशाख २४, १२:०९ रासस

काठमाडौँ: बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५५ कायम भएको छ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिदबिक्री भएको थियो। गत मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस