सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

२०८३ वैशाख २०, ०६:२४ खबर संवाददाता

काठमाण्डाै: नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए। 

पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसङ्गठनका प्रतिनिधिको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस