सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलन मस्कलाई सन् २०२५ का लागि टेस्लाले १५८ अर्ब डलर तलब दिने

२०८३ वैशाख १९, ०३:३९ खबर संवाददाता

 एजेन्सी: मेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्नो प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका लागि सन् २०२५ मा १५८ अर्ब डलर बराबरको तलब प्याकेज मूल्याङ्कन गरेको छ । तर कम्पनीले मस्कले अहिलेनै यो रकम प्राप्त नगर्ने जनाएको छ ।

यो तलब संरचना कम्पनीका शेयरधनीहरूले स्वीकृत गरेको दीर्घकालीन प्रोत्साहन योजनामा आधारित रहेको बीबीसीले जनाएको छ । यो योजना अनुसार मस्कले अत्यन्त महत्वाकांक्षी लक्ष्यहरू पूरा गरेपछि मात्र तलबको रूपमा शेयर पाउनेछन् ।

ती लक्ष्यहरूमा टेस्लाको बजार मूल्य ८.५ ट्रिलियन डलर पुर्‍याउने, वार्षिक २ करोड गाडी उत्पादन गर्ने, १० मिलियन पूर्ण रूपमा सेल्फ–ड्राइभिङ सदस्यता पुर्‍याउने र १० लाख रोबोट्याक्सी सञ्चालनमा ल्याउने जस्ता उद्देश्यहरू समावेश छन् ।

यी लक्ष्यहरू पूरा भएमा मस्कले थप ४० करोड डलर भन्दा बढी टेस्ला शेयर प्राप्त गर्नुहुनेछ । यसको मूल्य कम्पनीको बजार पूँजीकरण बढेमा झन्डै १ ट्रिलियन डलरसम्म पुग्ने अनुमान छ । मस्क अहिले विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा रहँदै आउनु भएको छ । उहाँको सम्पत्ति झन्डै ६५१ अर्ब डलर रहेको छ भने फोब्सले यो अनुमान ७८८ अर्ब डलरसम्म पुग्ने अनुमान गरेको छ ।

यस्तै मस्ककै अर्को कम्पनी स्पेसएक्सले निकट भविष्यमा सार्वजनिक शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ, जसले मस्कको सम्पत्तिलाई अझ बढाउने अपेक्षा गरिएको छ । 

कमेन्ट लोड गर्नुस