टीकापुरबाट अबैध बाख्रासहित दुई जना भारतीय पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट अबैध बाख्रासहित दुई जना भारतीय पक्राउ परेका छन्।
कैलालीको टीकापुर नगरपालिका ८ अर्नहवाफाटा स्थित अबैंध रुपमा नेपालबाट भारत तर्फ भन्सार छली गरि लैजादै गरेका अन्दाजी मूल्य १ लाख ३० हजार बराबरको बाख्रा र मोटरसाइकलसहित भारतको लखिनपुर तिकुनिया बस्ने ५५ वर्षीय जाबिर कुरेसी र सोही ठाउँ बस्ने ३८ वर्षीय समिर कुरेसी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त बाख्रा, मोटरसाइकल र दुवै जनालाई नियन्त्रण लिएको बताएको छ।