सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आफैँले बोकेको बन्दुक पड्किदा वडा सदस्य घाइते

२०८३ वैशाख ११, ०८:२९ खबर संवाददाता

बैतडीः बैतडीमा भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन्।

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ का वडासदस्य समेत रहेका ४५ वर्षीय दानबहादुर ऐरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए। ऐरी आफैँले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका उनले बताए। घाइते ऐरको जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको र अहिले माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त बन्दुक प्रहरीले नियन्त्रणले लिएको र घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता बडूले जानकारी दिए।

कमेन्ट लोड गर्नुस