सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

२०८३ वैशाख १०, ०३:१६ रासस

बाजुरा: जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ। 

सुत्केरी व्यथा लागेर आउनुभएकी बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलले राससलाई जानकारी दिए।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सो उद्धार गरिएको हो।

कमेन्ट लोड गर्नुस