सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट हराएका साउँद चिसापानीमा सकुशल फेला 

२०८३ वैशाख ७, ०३:४५ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्णजित साउँद सकुशल फेला परेका छन्। वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका साउँद चिसापानी बजार क्षेत्रमा बिहान करिब ११ बजेतिर हिँड्दै गरेको अवस्थामा फेला परेका हुन्।

फेला पार्ने व्यक्तिले उनलाई आफ्नो घरमा सुरक्षित रूपमा राखेका थिए। त्यसपछि आज बिहान परिवारसँग सम्पर्क भई साउँद बिहान करिब ९:३० बजे आफ्नै घर पुगेका छन्।

उनी सकुशल घर फर्किएपछि परिवारले खोजी तथा सहयोगमा संलग्न सबैप्रति आभार व्यक्त गरेको छ।
 

कमेन्ट लोड गर्नुस