कैलालीमा भन्सार छलीका सामान बरामद
कैलाली: कैलाली जिल्लाको विभिन्न स्थानबाट भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएका सामान प्रहरीले बरामद गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले करिब रु. १ लाख ३८ हजार ४५० मूल्य बराबरका फेन्सी कपडा र किराना लगायतका सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त सामान भन्सार प्रक्रिया बिना नै ल्याइएको आशंका गरिएको छ। बरामद गरिएका सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।