सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२०८३ वैशाख ३, ११:४५ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५० कायम भएको छ। 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस