बहुबिबाह मुद्दामा फरार कञ्चनपुरका एक जना ३१ वर्षपछि पक्राउ
कञ्चनपुरः बहुबिबाह मुद्दामा फरार कञ्चनपुरका एक जना ३१ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०५२ असार ७ गतेको फैसलाले बहुबिबाह मुद्दामा १ महिना कैद सजाय र १००० जरिवाना तोकिएपछि फरार रहेका कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ खैरिघाट बस्ने ५८ वर्षीय शोभान सिंह खड्का पक्राउ परेका हुन्। खड्कालाई इलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार निजको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।