कञ्चनपुरबाट थप ५ जना जुवाडे पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट थप ५ जना जुवाडे पक्राउ परेका छन्।
भीमदत्त नगरपपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक १ नम्बर गल्लीमा रहेको उदयदेव रेस्टुरेन्टमा जुवा तास खेली रहेको भनि गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिई उक्त स्थानमा चेकजाच गर्दा ५ जना जुवाडेलाई आइतवार पक्राउ गरेको हो। नगद ४७ हजार ७ सय र तासको गड्डी थान ३ बरामद गरी पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसैगरी भीमदत्त नगरपपालिका–१८ बाटै ७ जना जुवाडेलाई प्रहरीले सोही दिन पक्राउ गरेको छ।