कञ्चनपुरका एक जना फरार प्रतिवादी पक्राउ
२०८२ चैत्र २५, ०७:३७
कञ्चनपुरः कञ्चनपुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ पुस २८ गतेको फैसलाले लागुऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१८ बस्ने ३४ वर्षीय नरबहादुर बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस