सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध चयन

२०८२ चैत्र २३, १२:५४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध रूपमा चयन भएका छन्। हालै सम्पन्न महासंघको अधिवेशनबाट उनी सर्वसम्मत रूपमा नेतृत्वमा आएका हुन्।

यसअघि कुँवरले कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षका रूपमा दुई कार्यकाल सफलतापूर्वक जिम्मेवारी सम्हालेका थिए। उनले व्यवसायीहरूको हकहित संरक्षण, उद्योग तथा व्यापार प्रवर्द्धन र निजी क्षेत्र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

उनको अनुभव, नेतृत्व क्षमता र व्यवसायी समुदायबीचको लोकप्रियताका कारण प्रदेशस्तरीय महासंघको नेतृत्वमा पनि सर्वसम्मत समर्थन प्राप्त भएको हो।

नवनिर्वाचित अध्यक्ष कुँवरले सुदूरपश्चिम प्रदेशमा उद्योग, व्यापार र लगानीमैत्री वातावरण निर्माण गर्न प्राथमिकता दिने बताएका छन्। साथै, निजी क्षेत्रलाई अझ सशक्त बनाउँदै प्रदेशको आर्थिक विकासमा महासंघलाई प्रभावकारी बनाउने उनको योजना रहेको छ।
 

कमेन्ट लोड गर्नुस