सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मालपोत र यातायातबाट १२ जना पक्राउ

एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
२०८२ चैत्र १९, ०७:१६ नारायण अवस्थी

धनगढी: मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय  धनगढीबाट १२ जना पक्राउ परेका छन्। प्रहरीले मालपोत कार्यालयबाट ६ तथा यातायात कार्यालयबाट थप ६ जना नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूलाई बिहीबार दिउँसो करिब २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए।

प्रवक्ता तिमिल्सिनाका अनुसार लेखापढी सम्बन्धी  लाइसेन्स नभएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूसँग अहिले सोधपुछ भइरहेको प्रवक्ता तिमिल्सिनाले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस