सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रमुखद्वारा चैत २४ गते सुदूरपश्चिम प्रदेश सभा आह्वान

२०८२ चैत्र १९, ०५:३७ जयन्त सिंह भाट

कैलाली : सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन चैत २४ गते मंगलबार अपराह्न ४:०० बजे आह्वान गरिएको छ।

बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार, प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले औपचारिक रूपमा अधिवेशन आह्वान गरेका हुन्।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि बिहीबार सिफारिस पत्र पठाएका थिए। त्यसलगत्तै प्रदेश प्रमुख मियाले औपचारिक रूपमा अधिवेशन आह्वान गरेका हुन्।

सातौँ अधिवेशनमा प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुने र विभिन्न विधेयकहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस