सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी एक फरार महिला पक्राउ

२०८२ चैत्र १९, ०७:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरकी एक फरार महिला पक्राउ परेकी छिन्।

जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ६५ वर्षकी मैया गुरुङलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वुधबार उनकै घर ठेगानाबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको मिति २०६० माघ १२ गतेको फैसलाले जारि मुद्दामा १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय जरिवाना तोकिएपछि गुरुङ फरार रहेकी थिइन्।

कमेन्ट लोड गर्नुस