जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
२०८२ चैत्र १८, ०८:२१
कञ्चनपुरः जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०६० चैत्र १० गतेको फैसलाले जारि मुद्दामा १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय जरिवाना तोकिएको कञ्चनपुरको बेलौरी नगरपालिका ६ बस्ने ५२ वर्षीय सुब्बा राना पक्राउ परेका हुन्। रानालाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस