सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना कञ्चनपुरबाट पक्राउ

२०८२ चैत्र १७, ०७:३८ खबर संवाददाता

कञ्चनपुरः कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना कञ्चनपुरबाट पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०६४ वैशाख २१ गतेको फैसलाले कैदी भागी भगाउ मुद्दामा ६/६ महिना कैद सजाय तोकिएका डडेल्धुराको पर्शुराम नगरपालिका–२ जोगबुढा बस्ने ४५ वर्षीय धनिदत्त तिवारी र 
सोही ठाउँ बस्ने ४४ वर्षीय हंस जैशी पक्राउ परेका हुन्। यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भगतपुरबाट पैदल हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस