कञ्चनपुरको बेलौरीका एक युवा लागूऔषधसहित मोरङबाट पक्राउ
मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिका–५ शान्ति चोकबाट नियन्त्रित लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मोरङको उर्लावारी नगरपालिका–१ का १९ वर्षीय विश्वास तामाङ र कञ्चनपुरको बेलौरी नगरपालिका–९ का १९ वर्षीय सागर चौधरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट नाइट्राजेपाम ९४ ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।