सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट मोजाभित्र लुकाएर हेरोइन तस्करी, एक युवा पक्राउ

२०८२ चैत्र १६, ०६:३३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमको कञ्चनपुरमा लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महेन्द्रनगरस्थित लागूऔषध नियन्त्रण व्युरोको टोलीले भिमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा जाँचका क्रममा २७ वर्षीय टेकेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो।

वरिष्ठ सई केशवराज जोशीको नेतृत्वमा खटिएको टोलीले भण्डारीको साथबाट २४.१६० ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भण्डारीले उक्त लागूऔषध जुत्ताभित्र राखिएको मोजाभित्र लुकाएर ल्याइरहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

भिमदत्त नगरपालिका–२ उल्टाखाम निवासी भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस