माइतीघरमा एमालेको प्रदर्शन, स्थिति तनावग्रस्त
काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टीका कार्यकर्ताले माइतीघर क्षेत्रमा प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको छ।
आज बिहानै प्रहरीले ओलीलाई पक्राउ गरेपछि त्यसको विरोधस्वरूप एमालेका २३ जनसंगठनहरूले संयुक्त रूपमा माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए, जसका कारण उक्त क्षेत्र केही समय तनावपूर्ण बनेको थियो।