ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने
काठमाडौँः शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ। प्रहरीका अनुसार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धानका लागि अनुमति लिन अदालतमा पेश गर्ने तयारी गरिएको हो। कानुनी प्रक्रियाअनुसार उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ। प्रहरीले प्रारम्भिक रूपमा २४ घण्टासम्म हिरासतमा राख्न सक्ने भए पनि थप समयका लागि अदालतबाट अनुमति लिनुपर्ने हुन्छ। आइतबार अदालतबाट अनुमति लिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।