सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ, एक फरार

२०८२ चैत्र १४, १२:५९ खबर संवाददाता

कञ्चनपुर: जिल्लाको बेदकोट नगरपालिका–१० राना दैजीस्थित सडक खण्डबाट अवैध लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार दिउँसो गरिएको चेकजाँचका क्रममा खैरो हिरोइन जस्तो देखिने ६ ग्राम ६९० मिलिग्राम धुलो पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ का ३९ वर्षीय केशव खत्री, भीमदत्त नगरपालिका–१५ की २७ वर्षीया रेखा थापा र सोही नगरपालिका–१८ का २६ वर्षीय कमल चन्द रहेका छन्।

लागूऔषधको कारोबार तथा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले म १ च ७०८ नम्बरको बोलेरो जीपमा सवार उनीहरूलाई शंका लागेर जाँच गर्दा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधसहित बोलेरो जीप नियन्त्रणमा लिई तीनै जनालाई पक्राउ गरेको हो। यस्तै, जीप चालक बेदकोट नगरपालिका–१० का २९ वर्षीय केशव बिष्ट भने फरार रहेको र उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस