सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली पक्राउविरुद्ध एमालेको चार निर्णय, देशभर प्रदर्शन र प्रतिवाद घोषणा

२०८२ चैत्र १४, ११:३६ खबर संवाददाता

काठमाडौँः नेकपा (एमाले)को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा चार महत्वपूर्ण निर्णय गरेको छ। शनिबार बसेको बैठकले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो।

एमाले नेता महेश बस्नेतका अनुसार बैठकले आजै देशभरका जिल्ला सदरमुकाममा अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने निर्णय गरिएको छ।

बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य गर्दै आन्दोलन अघि बढाउने निर्णय गरेको छ।

एमालेले ओली पक्राउको घटनालाई लिएर देशव्यापी विरोध कार्यक्रमलाई तीव्र बनाउने संकेत दिएको छ।

कमेन्ट लोड गर्नुस