सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-६ को भैरव आधारमूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण

२०८२ चैत्र ११, ०६:४८ खबर संवाददाता

धनगढीः धनगढी-६ मटियारीमा रहेको भैरव आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ। विद्यालयका ६० जना बालबालिकालाई बुधवार पोसाक वितरण गरिएको हो।

एनआइएमबी बैंक धनगढी शाखाको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको प्रधानाध्यापक बहादुरसिंह धामीले बताए। उनले ६० जना विद्यार्थीलाई ट्र्याक, टिसर्ट, जुत्ता, मोजा र खानेपानीको बोतल वितरण गरिएको बताए।

विद्यालयमा आयोजित पोसाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राना थारुको अध्यक्षतामा भएको हो। कार्यक्रममा वडा सदस्य महेन्द्रबहादुर थापा विशिष्ठ अतिथि रहेका थिए भने वडा अध्यक्ष भागीराम चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विद्यालयका अभिभावक र सरोकारवाल व्यक्तिको उपस्थिति रहेको थियो।

अभिभावसहित उपस्थित भेलाले शैक्षिक सत्र २०८३ देखि विद्यालयमा अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन गर्ने निर्णय गरेको प्रधानाध्यापक धामीले बताए। उनले नर्सरीदेखि कक्षा ३ सम्म नयाँ शैक्षिक सत्र २०८३ मा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने मुख्य एजेण्डा पारित गरिएको बताए।

कमेन्ट लोड गर्नुस