सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुरामा शनिबारदेखि हाटबजार सञ्चालन गर्ने तयारी

२०८२ चैत्र ११, ०८:४० खबर संवाददाता

डडेलधुराः डडेलधुरामा उत्पादित तरकारी र फलफूल बिक्री उद्देश्यले सदरमुकाममा शनिबारदेखि हाटबजार सञ्चालन तयारी भएको भइरहेको छ।

स्थानीय उत्पादन बिक्रीको सहज व्यवस्थाका लागि हाटबजार सुरू गर्न लागिएको हो। यसका लागि अमरगढी–५, का वडाध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ। समितिले चैत १४ बाट हरेक शनिबार हाटबजार सञ्चालन गरिने जनाएको छ।

हाटबजार सञ्चालनलाई किसानले सकारात्मक रूपमा लिएका छन्। गन्यापधुराका प्रसाददत्त अवस्थीले हाटबजारले स्थानीय उत्पादन प्रदर्शन र बिक्रीका लागि राम्रो अवसर सिर्जना गर्ने बताए। ‘किसानका लागि राम्रो अवसर हो,’ उनले भने, ‘ हाटबजारका माध्यमबाट ताजा तरकारी उपभोक्तासम्म पु¥याउन सकिने छ।’

यहाँ उत्पादित तरकारी तथा अन्य कृषि उपज व्यापारीमार्फत सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। भातकाँडाका तिलकराज भट्टले बजार अभावले किसान मर्कामा परेको उल्लेख गरे। ‘तरकारी बेच्न किसानले १० जना व्यापारीसँग सोध्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘श्रम अनुसार मूल्य पाउनै मुस्किल हुन्छ।’ हाटबजार सुरू भएपछि उचित मूल्य पाइन्छ कि भन्ने आशा लागेको उनले बताए।

अहिले यहाँका बासिन्दाले उत्पादन गरेका तरकारी बिचौलियाले खेतबाटै खरिद गरी उपभोक्तालाई महँगोमा बेच्ने गरेको वडाध्यक्ष क्षेत्री बताए। बाटबजारमा किसानले आफ्ना उत्पादन ल्याएर बिक्री गर्न पाउने व्यवस्था गरिने उनले बताए।

कमेन्ट लोड गर्नुस