अनुमतिविना पाठ्यपुस्तक परिवर्तन नगर्न धनगढी उपमहानगरको निजी विद्यालयलाई निर्देशन
धनगढी: धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई बिना अनुमति पाठ्यपुस्तक परिवर्तन नगर्न कडा निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत यस्तो निर्देशन दिइएको हो।
उपमहानगरका अनुसार प्रत्येक शैक्षिक सत्रमा विद्यालयहरूले पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ पर्ने गरेको भन्दै गुनासोहरू प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो। अब उपमहानगरपालिकाको पूर्वस्वीकृति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारिएको छ।
सूचनामा भनिएको छ, यदि कुनै विद्यालयले बिना अनुमति पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ। यस निर्देशनले अभिभावकको आर्थिक भार कम गर्ने तथा विद्यालय व्यवस्थापनमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकालेधनगढीका सबै निजी विद्यालयहरूलाई आफूखुसी पाठ्यपुस्तक परिवर्तन नगर्न सोमबार नै परिपत्र गरेको जनाएको छ।