सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित युवक पक्राउ

२०८२ चैत्र ८, ०९:१८ खबर संवाददाता

कैलाली: धनगढी उपमहानगरपालिका–१०, घुईयाघाटबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

शनिबार साँझ सोही स्थान बस्ने २३ वर्षीय बलराम रानालाई ५६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी तथा अस्थायी प्रहरी पोस्ट जुगेडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद पदार्थसहित रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस