सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त

२०८२ चैत्र ६, ०६:५४ खबर संवाददाता

महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा महेश पन्तलाई मनोनित गरिएको छ।

सुदूरपश्चिम् सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालयले पन्तलाई अध्यक्ष मनोनित गरेको हो। त्यस्तै सदस्यमा प्रशान्त भट्ट, पार्वती जोशी र इन्द्र साउदलाई मनोनित गरिएको छ। सबैलाई ५ चैतमा बसेको मन्त्रीस्तरको निर्णयबाट मनोनीत गरिएको हो ।गत चैतमा कृष्णनन्द भट्ट नेतृत्व व्यवस्थापन समितिको समयावधि सकिएपछि नयाँ कार्य समिति चयन हुन सकेको थिएन।

कमेन्ट लोड गर्नुस