सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

२०८२ चैत्र ६, ०३:२७ खबर संवाददाता

अत्तरिया: अत्तरिया क्षेत्रमा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। शुक्रबार बिहान बर्दगोरिया गाउँपालिका-४ अन्तर्गत नौनिया भित्री सडकखण्डमा से २ त ११८५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ४२ वर्षीया दीपा न्यौपाने गम्भीर घाइते हुनुभएको थियो।

घाइते न्यौपानेको उपचारका क्रममा दोदोधरा अस्पताल मा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ट्याक्टर र चालक २६ वर्षीय लक्ष्मण घर्तिमगरलाई इलाका प्रहरी कार्यालय सडकपुर ले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस