सुदूर नेपाललाई विश्वसँग जोड्दै

खक्रौला सीमा सुरक्षा गुल्ममा आक्रमण आरोपमा एक पक्राउ, पाँच जना फरार

२०८२ चैत्र ६, १२:०१

धनगढी: धनगढीस्थित कैलालीको खक्रौला भन्सार नजिक रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा आक्रमण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउद रहेका छन्।

प्रहरीका अनुसार साउदमाथि गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको अभियोग लगाइएको छ। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा साउदसहित अन्य पाँच जनाविरुद्ध पनि जाहेरी दर्ता गरिएको छ र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

मंगलबार टीकापुरका व्यवसायीको सामान सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएपछि उत्पन्न विवादका क्रममा उक्त आक्रमण भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस