कैलालीमा भरुवा वन्दुकले गोली प्रहार गरी श्रीमतीको हत्या
धनगढीः कैलालीमा भरुवा वन्दुकले गोली प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
कैलालीको गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँ बस्ने ३० वर्षीय रामबहादुर मगरले आफ्नै श्रीमती २७ वर्षकी संजिता मगरसंग विवाद गरि आफैसँग रहेको भरुवा बन्दुकले गोली हानी वुधवार साँझ हत्या गरेका हुन्।
उनले श्रीमतिलाई गोली हानि हत्या गरेको आफुलाई समेत उक्त बन्दुकले गोली हानी गम्भिर घाईते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घरदेखि पश्चिमतर्फ ३ घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा श्रीमतीको हत्या गरेको र उनलाई घाईते अवस्थामा फेला पारी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरलिे बताएको छ। भरुवा बन्दुक इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीले नियन्त्रणलिई घट्ना सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।