अभद्र ब्यवहार मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ
डडेल्धुराः अभद्र ब्यवहार मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले अभद्र ब्यवहार मुद्दामा १ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएका डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडा बस्ने २५ वर्षीय डार्विन रावल पक्राउ परेका हुन्। रावललाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।