सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ह्वाट्सएप ह्याक गरी डेढ लाख ठगी

२०८२ चैत्र २, ०६:४१ खबर संवाददाता

धनगढीः धनगढीको एरिष्टो माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक शान्ति अधिकारीको ह्वाट्सएप ह्याक गरेर डेढ लाख ठगी गरिएको छ। अधिकारीका अनुसार अज्ञात व्यक्तिले उनको ह्वाट्सएप ह्याक गरेर तीन जना व्यक्तिबाट पचास हजारका दरले डेढ लाख ठगी गरेको हो।

ह्वाट्सएप ह्याक गरेर ठगले अधिकारीका सयौं साथीलाई एकै पटक अकस्मात पैसाको खाँचो परेको भन्दै पचास लाख पठाउन म्यासेज पठाएको थियो। ह्वाट्सएप म्यासेजलाई सत्य ठानेर तीन जना साथीले ह्याकरले भनेअनुसारको पैसा पठाएको अधिकारीले बताइन्।

उनले ह्वाट्सएपबाट आउने सन्देशमा विश्वास नगर्न आग्रह गरेकी छन्। अहिले भने ह्याक भएको नम्बर नियन्त्रणमा लिइएको उनले बताइन्।
 

कमेन्ट लोड गर्नुस