कैलालीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली: चोरी मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको फैसलाअनुसार चोरी मुद्दामा ३ महिना कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय सागर पार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८२ फागुन ३० गते आफ्नै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका पार्कीलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।