सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ५२ वर्षीया महिला तीन दिनदेखि बेपत्ता, परिवारद्वारा खोजीमा सहयोगको अपिल

२०८२ फाल्गुन ३०, ०२:१६

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ५२ वर्षीया मनदेवि विष्ट तीन दिनदेखि बेपत्ता भएकी छन्। परिवारका अनुसार उनी घरबाट बाहिर निस्किएपछि हालसम्म सम्पर्कविहीन भएकी हुन्।

उनका श्रीमान् चन्द्र बहादुर विष्टले मनदेविको मानसिक अवस्था कमजोर रहेकाले घरबाट निस्किएपछि फर्केर नआएको बताएका छन्। परिवारले आफन्त तथा स्थानीयवासीसँग खोजी कार्य जारी राखेको जनाएको छ।

उनको बारेमा कसैलाई कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा वा परिवारलाई सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।

सम्पर्क नम्बर:9849659923,9767699261
 

कमेन्ट लोड गर्नुस