सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा झाडापखलाको प्रकोप, बिरामीको सङख्या ८१ पुग्यो

२०७६ भदौ ४, ०१:४७ खबर संवाददाता

डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ मा झाडापखलाको प्रकोप देखिएको छ। नगरपालिका अन्तर्गत ८ नम्बर वडाको सानखोला र धादलीफाटाबाट फैलीएको प्रकोप अर्का नजिकैको गुप्तेगाडा भन्ने गाउँमा पनि फैलिएको छ।

तीन गाउँमा अहिले सम्म ८१ जनामा पखलाका बिरामी भेटिएकासो क्षेत्रमा ८ दिनदेखी कार्यरत सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवले बताए। एक जना गर्भवती, सात बालबालीका र अन्य ७३ जनालाई पखला लागेको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।

८ दिनबाटस्वास्थ्यकर्मीको टोली फिल्डमै काम गरीरहेको परशुराम स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए। साउन २९ गते झाडापखालाका विरामी देखिएका थिए। ‘हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं,’ उप–संयोजक धामीले भने,  ‘अहिलेसम्म ८१ जनामा झाडापाखला देखिएको छ, जसमध्ये ५ जना जोगबुडा अस्पतालमा रेफर गरिएको छ भने एक जनाको अवस्था गम्भीर छ।’

७३ जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको जनाएको छ। डडेल्धुरा अस्पतालले बिरामीको दिशाको नमूना परीक्षण गर्दा गम्भीर खालको झाडापखालाकै जिवाणु भेटिएको अस्पतालकले जनाएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईंले जिल्लाको स्वास्थ्यकर्मीको टोली तथा प्रदेशको स्वास्थ्यकर्मीको टोली पनि उक्त क्षेत्रमा पुगेको जानकारी दिए। पानीको नमुना परिक्षणमा दिशामा मात्र पाईने ब्याक्टेरीया इकोलाई भेटीएकाले यसैबाट फैलीएको र बिरामी आउने क्रम जारी रहेको सादनी स्वास्थ्य चौकी प्रमुख यादवले बताए। उनले भने, ‘हैजा हो भन्ने पृष्टी भएको छ, पानिबाट आएको हो। यो अहिले नियन्त्रण बाहिर नै छ। बिरामी धेरै आएका छन्,स्वास्थ्यकर्मी पाँच जना मात्र छौ।’  
 

कमेन्ट लोड गर्नुस