कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
धनगढीः कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ।
शनिवार बिहान ६ बजेसम्मको मतगणना परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका कोमल ज्ञावाली फराकिलोे मतान्तरका साथ अग्र स्थानमा छन्। उनले १५ हजार २१ मत प्राप्त गरेका छन्। ज्ञावालीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनक चौधरीले नौ हजार ७१७ मत प्राप्त गरेका छन्।
त्यसैगरी, क्षेत्र नम्बर २ मा रास्वापका केपी खनाल तीन हजार ३०७ मतका साथ अग्रता लिएका छन्। नेकपा (एमाले) का सूर्यबहादुर थापाले दुई हजार १२२ मतका साथ खनाललाई पछ्याइ रहेका छन्। क्षेत्र नम्बर ३ मा रास्वपाकै जगतप्रसाद जोशी सात हजार ८८६ मत प्राप्त गरी अग्रता बढाइ रहेका छन्। उनलाई पछ्याइ रहेका नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले पाँच हजार ५८३ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइरालाले छ हजार २९९ मतका साथ अग्रता बढाइ रहेका छन्। उनलाई पछ्याइ रहेका नेपाली कांग्रेसका गोरखबहादुर विष्टले दुई हजार ५२५ मत प्राप्त गरेका छन्। यस्तै, क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्द २० हजार १४३ मत प्राप्त गरी फराकिलो मतान्तर बनाएका छन्। उनको निकटमा रहेका नेपाली कांग्रेसका नरनारायण शाह मनुले सात हजार १४७ मत प्राप्त गरेका छन्।