डोटीमा जिप दुर्घटना, ६ जना घाईते
डोटीको जोरायलमा जिप दुर्घटना हुदा ६ जना घाईते भएका छन्। आज विहान साढे १० बजे जोरायलबाट धनगढी तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप जोरायल गाउपालीका ४ बाँजीलेक गुँयली भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
दुर्घटनामा जोरायल गाउपालीका ४ का २२ वर्षिय विरेन्द्र शाहु, जोरायल गाउपालीका ३ का २० वर्षिय ध्रव जोशी, ७० वर्षका तेज बहादुर खत्री, जोरायल गाउपालीका ४ का नरेश मडै, चित्रा शाहानी र कैलालीको गोदावरी नगरपालीका चौकीडाँडाकी ३० वर्षिया सृजना खत्री घाईते भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।
घाईते मध्ये चालक नरेश मडै र चित्रा शाहानीको टाउँकोमा गम्भीर चोट लागेकाले उनीहरुलाई थप उपचारका लागी धनढी रेफर गरिएको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए। अन्य ४ जनाको सरस्वती प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। जिप सडक बाट झण्डै २०० मि. तल खसेको बताईएको छ।