सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावी सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री अर्याल धनगढी आउँदै

२०८२ फाल्गुन १७, ०२:२९ खबर संवाददाता

धनगढीः गृहमन्त्री ओमप्रकाश अर्याल आज सुदूरपश्चिम आउँदै छन्। सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील सूचीमा राखिएका जिल्लाको अवस्था बुझ्न गृहमन्त्री अर्याल सुदूरपश्चिम आइरहेका हुन्। 

गृहमन्त्री अर्यालले प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा पुगेर विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

गृहमन्त्री अर्याल आज अछाम, बाजुरा र बझाङको केही मतदान स्थलको निरीक्षण गरे दिउँसो ३ बजे धनगढी पुग्ने कार्यक्रम छ।

धनगढीमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्राललयमा प्रदेशको सुरक्षा बारे छलफल हुने जानकारी दिइएको छ। 

कमेन्ट लोड गर्नुस