धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ
कैलालीः धनगढी उपमहानगरपालिका–२ नल्काघाट क्षेत्रबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने वर्ष २९ का किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित उनलाई शनिबार प्रहरी चौकी त्रिनगर बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।