सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार दिदीबहिनी मिलेर धनगढीमा सञ्चालन गरे ‘हिमालय वेकरी-क्याफे’

२०८२ फाल्गुन १४, ०४:५६ खबर संवाददाता

धनगढीः धनगढीमा चार दिदीबहिनीले मिलेर हिमालय वेकरी-क्याफे सञ्चालनमा ल्याएका छन्। बैतडी स्थायी घर भएका लक्ष्मी बिष्ट भण्डारी, आशा बिष्ट, उपाशना बिष्ट र अस्मिता बिष्टले धनगढीको एलएन चोक स्थित बालमन्दिर छेउमा उक्त क्याफे सञ्चालन गरेका हुन्।

लक्ष्मी बिष्टका अनुसार, महिलाले घरायसी काममा मात्र सीमित नभई व्यवसायमा लागेर आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरिएको हो।

कफी सप सञ्चालन गर्ने बारिष्टा आशा बिष्टले आफ्नो सिपलाई आयआर्जनसँग जोड्दै, ग्राहकहरुलाई वेकारी, केक, कफी र अन्य खाजा–नास्ता अर्गानिक स्वादमा उपलब्ध गराइने बताइन्। उनी भन्छिन् ‘काठमाण्डौमा सिकेको केक र वेकारीको सिपलाई धनगढीमा सेवा दिने र स्थानीय महिलाहरुलाई पनि उत्प्रेरणा दिने उद्देश्य रहेको छ।’ उनि विद्यार्थी पनि हुन्।  

बिहीबार केक र वेकरी व्यवसायी एवं प्रशिक्षक मधु प्रधानले क्याफेको उद्घाटन गरेकी हुन्। उनले महिलाहरुले व्यवसाय सञ्चालनमा अघि बढ्नु गर्वको विषय भएको समेत उल्लेख गरिन्। (प्रवर्धित सामग्री) 
 

कमेन्ट लोड गर्नुस