सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्याल गाँउपालिकाको केन्द्र सारिदै

२०७६ भदौ २, १२:३६ कमल सावद

कैलालीको मोहन्याल गााउँपालिकाको केन्द्र परिवर्तन गर्ने तयारी गरिएको कुरा बाहिरिएको छ। अहिले वडा नम्बर २ को खिमडीमा केन्द्र रहेकोमा त्यसलाई सारेर फल्लेबिसौनामा राखिने लागेको कुरा बाहिरिएको हो। स्रोतका अनुसार नेकपा कैलालीका अध्यक्ष एवं प्रदेशसभा सदस्य रतन थापाको सक्रियतामा केन्द्र सारिन लागेको हो। ‘मंगलबारको कार्यपालिका बैठकले फल्लेबिसौनामा केन्द्र राख्ने निर्णय गर्दैछ’, स्रोतले भन्यो, ‘कार्यपालिकामा नेकपाकै बहुमत भएका कारण विरोध नगर्न ह्विप जारी भएको छ।’

नेकपाकै जनप्रतिनिधिहरु पनि केन्द्र सार्ने पक्षमा नरहेपनि विरोध जनाए कारवाही गर्ने चेतावनी दिएपछि मौन भएको स्रोतको दावी छ। गाँउपालिकाका अध्यक्ष नवल सिह रावलले मंगलबार कार्यपालिकाको बैठक बोलाइएको कुरो साँचो भएको जनाए। उनले कार्यपालिकाका सबै सदस्य केन्द्र सार्नमा सहमत भएको तर ह्वीप जारी गरिएको आरोप तथ्य हिन भएको जिकिर गरेका छन्। नेकपा अध्यक्ष थापासँग प्रतिक्रिया माग्न खोज्दा सम्पर्क नै हुन सकेन्। विगतमा जनप्रतिनिधि आएपछि धनगढीमा कार्यालय राखेर गाउँपालिकाको कामकाज हुँदै आएको थियो तर पछिल्लो समय कर्मचारी र जनप्रतिनिधिले झोलामै कार्यालय बोकेर कार्य सम्पादन गर्दै आएका छन्।

कर्मचारी र जनप्रतिनिधि भेटाउन समेत स्थानीयले सास्ती व्यहोर्दै आएको गुनासो गरेका छन्। अहिले आएर पाण्डौनमा रहेको कार्यालय फल्लेबिसौनिमा सार्ने प्रक्रिया थालिएको हो। एकजना वडा अध्यक्षले भने, मंगलबार दिउँसो २ बजे बोलाईएको कार्यापालिका बैठकले फल्लेबिसौनिमा गाउँपालिकाको कार्यालय राख्ने निर्णय गर्दैछ। कार्यालय फल्लेबिसौनामा सारिएपछि साविकको मोहन्याल गाविसका स्थानीयलाई सेवा लिन झन्जटीलो हुने उनको भनाई छ। गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलले भने केन्द्र सार्न संघिय सरकारलाई लेखि पठाएको समेत दावी गरेका छन्। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस