सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२०८२ फाल्गुन ६, ११:०३ खबर संवाददाता

काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। मंगलबारको तुलनामा आज सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ तोकिएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयाँ रहेको थियो।

यसअघि सोमबार सुनको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ र चाँदी ४ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरिएको थियो। साताको पहिलो दिन आइतबार बजार खुल्दा सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ र चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ४ हजार ९२० अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस