सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यवसायी जोशीलाई सेनाको सम्मान

२०८२ फाल्गुन ४, ११:४२ खबर संवाददाता


धनगढी : धनगढीका यातायात तथा पेट्रोलपम्प व्यवसायी टेकराज जोशीलाई सेनाले सम्मान दिएको छ। उनी सामाजिक क्षेत्रमा गरेको निःस्वार्थ सेवाको कदरस्वरूप नेपाली सेनाबाट सम्मानित भएका छन्। तर, उनले के कस्तो योगदान गरेको भन्नेबारे सेनाले केही खुलाएको छैन।

नेपाली सेनाले 'सेना दिवस–२६३' को अवसरमा जोशीलाई “प्रधान सेनापति प्रशंसा निशान तथा कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो।

सम्मान प्राप्त गरेपछि जोशीले यस उपलब्धिलाई आफ्नो व्यक्तिगत मात्र नभई सम्पूर्ण समाजका लागि प्रेरणाको विषय भएको बताएका छन्।

कमेन्ट लोड गर्नुस