डडेल्धुरामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
डडेल्धुरा: १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका–११ निवासी २९ वर्षीय सुरेश सार्की रहेका छन्। सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुरेश सार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।