सुदूर नेपाललाई विश्वसँग जोड्दै

'​​​​​​जनताको मन जित्नु मेरो पहिलो प्राथमिकता हो': प्रेम आले

२०८२ माघ २४, ०५:२१ खबर संवाददाता

धनगढी: कैलाली क्षेत्र नं. ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानमा सक्रिय देखिएका छन्। आसन्न फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा उनले मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई तीव्र बनाएका हुन्।

घरदैलो अभियानका क्रममा आलेले स्थानीय जनताका गुनासा र समस्या सुन्ने प्रयास गर्दै आएका छन्। कतिपय मतदाताले उम्मेदवारसँग प्रत्यक्ष संवाद हुनुलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् भने केहीले विकास, रोजगारी र आधारभूत सेवामा सुधारको अपेक्षा व्यक्त गरेका छन्।

यसक्रममा मतदातासँग संवाद गर्दै आलेले भने, “जनताको मन जित्नु मेरो पहिलो प्राथमिकता हो। चुनाव जित्नुभन्दा बढी सबैका आवाज सुन्नु र प्रतिनिधित्व गर्नु महत्त्वपूर्ण छ।”

राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय हुनु निर्वाचन प्रक्रियाको नियमित अभ्यास हो। उनीहरू भन्छन्, यस्तो अभियानले मतदाताको धारणा बुझ्न सहयोग पुर्‍याए पनि अन्तिम निर्णय मतदाताले उम्मेदवारको विगत, घोषणापत्र र व्यवहारका आधारमा गर्ने गर्छन्।

कमेन्ट लोड गर्नुस