सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुमत ल्याए छ महिनाभित्र घरघरमा ग्यास वितरण गर्छु : ओली

२०८२ माघ २२, ०४:५४ खबर संवाददाता

धनगढी: पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याएपछि घरघरमा ग्यास वितरण गर्ने दाबी गरेका छन्।

एक टेलिभिजन अन्तरवार्तामा ओलीले चुनावपछि नेकपा एमालेले बहुमत ल्याएमा पुनः ग्यास वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। यसअघि पनि ओलीले चुनावी अभियानका क्रममा घरघरमा ग्यास पुर्‍याउने महत्वाकांक्षी आश्वासन दिएका कारण सामाजिक सञ्जालमा ट्रोल बन्दै आएका थिए।

अन्तरवार्ताका क्रममा ओलीले भने, “यो चुनावपछि फेरि बहुमत ल्याएर म प्रधानमन्त्री भएँ भने छ महिनाभित्र ग्यास वितरण गर्छु। यो रेकर्डमा रहोस्।” उनले थपे, “अहिले पनि बजाउनुहोला, प्रधानमन्त्री भएपछि दिनैपिच्छे बजाए पनि हुन्छ।”

कमेन्ट लोड गर्नुस