अछाममा कैदी बन्दीलाई दिन मसुरो दालमा लागूऔषध, एक जना पक्राउ
अछामः अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
अछामको मंगलसेन नगरपालिका-५ मंगलसेन स्थित कारागार सुरक्षा गार्ड अछामको मुल गेटबाट १ ग्राम ४२ मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय मोहन बोगटी पक्राउ परेका हुन्।
बोगटीलाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कारागार सुरक्षा गार्ड अछामबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा कैदी बन्दीलाई दिनका लागी प्लाष्टिक भित्र मसुरो दालसँग लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।